site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डका गप्टिल बने एनपीएलमा अर्धशतक बनाउने पहिलो ब्याटर 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा न्युजिल्यान्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिल पहिलो अर्धशतक बनाउने ब्याटर बनेका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमै अर्धशतक बनाए ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरबाट गप्टिलले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरे ।

४५ रनमा खेलिरहँदा गप्टिलले १३औँ ओभरको पहिलो बलमा जनकपुरका बेन माइकलाई छक्का प्रहार गर्दै अर्धशतक पुर्याएका थिए । यो प्रतियोगिताको पहिलो छक्कासमेत हो । 

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro