site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य पलाईसँग प्रायोजन सम्झौता गरेको छ । रोयल्सले स्ट्रेन्थ पार्टनरको रूपमा सूर्य प्लाईको साथ पाएको हो ।

सूर्य प्लाईको तर्फबाट सवारागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतापछि सीईओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे । 

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।

यस्तै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू–१९ टोलीमा व्यस्त छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro