site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलको ‘प्लेयर अफ द सिरिज’लाई दिइने गाडी ६२ लाख पर्ने ओमोडा–ई ५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा–ई ५ कार प्रदान गर्ने भएको छ ।

‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई ओमोडाको नयाँ कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरे । यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन । नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो ।

मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदार रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro