site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिर्तामोड झापा कप : खेल मैदानको स्तरोन्नति तीव्र

बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै छ । त्यसका लागि खेल मैदानको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ । 

यही मंसिर २९ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत काम गरिएको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले बताए ।

“मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पुर्‍याउन गोडमेल तथा मर्मतको काम तीव्र पारिएको छ,” उनले भने, “खेल मैदानमा कुनै कृत्रिमता हुँदैन । प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने छ ।”

रंगशालामा करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने प्रतियोगिताका संयोजक केशवराज दाहालले जानकारी दिए ।

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठूलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro