site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहिद स्मारक ‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार ‘बी’ डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि प्रतियोगिता माघ १३ गतेदेखि गर्ने तय गरेको हो । 

एन्फाले यसअघि गत वर्षको चैतदेखि जेठसम्म 'सी' डिभिजन लिग आयोजना गरेको थियो । 

सहिद स्मारक ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करण सन् २०२२ को मार्च २ देखि अप्रिल १० सम्म भएको थियो । त्यसयता करिब अढाइ वर्ष एन्फाले विभिन्न कारण देखाएर ‘बी’ डिजिभन लिग आयोजना गर्न सकेको छैन । 

पछिल्लो संस्करण ‘बी’ डिभिजन लिगबाट चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लब शीर्ष डिभिजन लिगमा बढुवा भएका थिए । चर्चले बढुवाको पहिलो सिजनमै 'ए' डिभिजन लिगको समेत उपाधि जितेको थियो ।

Table-1732198443.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro