site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्धको ट्वान्टी–२० शृंखलामा अस्ट्रेलियाको ‘ह्वाइट वास’ 

काठमाडौं । पाहुना टिम पाकिस्तानविरुद्ध भएको तीन खेलको ट्वान्टी–२० शृंखलामा अस्ट्रेलियाले ‘ह्वाइट वास’ गरेको छ । शृंखलाको तेस्रो तथा अन्तिम खेलमा सोमबार सात विकेटको जित निकालेसँगै अस्ट्रेलियाले शृंखला ३–० ले जितेको हो । 

खेलमा पाकिस्तानले दिएको ११८ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मार्कुस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै ६१ रन बनाए । उनले २७ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । 

यस्तै, जस इंग्लिसले २७ र जेक फ्रासेर–म्याकगुर्कले १८ रन जोडे । पाकिस्तानका साहिन साह अफ्रिदी, जहानदाद खान र अब्बास अफ्रिदीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले १८.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानका ओपनर बाबर आजमले ४१ रन बनाए । हसिबुल्लाह खानले २४, साहिन साह अफ्रिदीले १६ र इर्फान खानले १० रन थपे । पाकिस्तानलाई कमजोर योगफलमै रोक्न अस्ट्रेलियाका आरोन आर्डीले तीन विकेट लिए । 

स्पेन्सर जोन्सन र एडम जाम्पाले समान दुई विकेट लिँदा जाभियर बार्टलेट र नाथन एलिसले समान एक विकेट हात पारे । यसअघि अस्ट्रेलियाले शृखंलाको पहिलो खेलमा २९ र दोस्रो खेलमा १३ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro