site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बोस्नियाविरुद्ध जर्मनीको कीर्तिमानी जित

काठमाडौं । बोस्निया–हर्जगोभिनाविरुद्ध ७–० को कीर्तिमानी जित निकाल्दै जर्मनी यूईएफए नेसन्स लिग समूह ए३ को विजेता बनेको छ ।

शनिबार राति घरेलु मैदान युरोपा पार्क स्टाडियोनमा भएको खेलमा जर्मनीलाई जित दिलाउन टिम क्लाइनडिन्स्ट र फ्लोरियन रिट्जले समान दुई गोल गरे । यस्तै, काई हाभार्ट्ज, लोरे साने र जमल मुसियालाले समान एक गोल थपे ।

नेसन्स लिगको इतिहासमा यो कुनै पनि टिमले निकालेको अहिलेसम्मकै ठूलो जित हो । जर्मनीले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल थपेको थियो ।

खेलको दोस्रो मिनेटमा नै मुसियालाको गोलमा जर्मनीले अग्रता बनाएको थियो । २३औँ मिनेटमा क्लाइनडिन्स्टले घरेलु टिमको अग्रता दोब्बर बनाए । ३७औँ मिनेटमा हाभार्ट्जले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । 

५०औँ मिनेटमा रिट्जले जर्मनीको अग्रतालाई ४–० मा पुर्‍याए । त्यसको सात मिनेटपछि रिट्जले नै जर्मनीका निम्ति पाँचौँ गोल गरे । ६६औँ मिनेटमा सानेले गोल गर्दै घरेलु टिमको अग्रतालाई ६–० मा राखे । यस्तै, ७९औँ मिनेटमा क्लाइनडिन्स्टले गोल गरेपछि जर्मनीले कीर्तिमानी जित पक्का गरेको हो ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको जर्मनीले समूह चरणको अन्तिम खेल बाँकी रहँदै शीर्ष स्थान पक्का गरेको हो । जर्मनीले प्रतियोगिताको क्वार्टरफाइनलमा समेत स्थान बनाइसकेको छ ।

समान खेलबाट एक अंक जोडेको बोस्निया भने तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro