site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यु–१९ महिला टि–२० विश्वकप छनाेटमा आज अन्तिम खेल खेल्दै नेपाल
फाइल तस्बिर ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दै छ । यूएईको अजमानस्थित द सेभेन रंगशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली यूएईको सामना गर्दै छ । 

यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । 

तेस्रो खेलमा नेपाल घरेलु टोली यूएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्यान्डलाई १०६ रन र मंगलबार भएको पाँचौं खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको यूएईले पाँचै खेल जितेको छ । यूएई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अंकसहित तालिकाको दोस्रो स्थानमा, थाइल्यान्ड दुई अंकसहित तेस्रो र कुवेत शून्य अंकसहित तालिकाको अन्तिममा छ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा यूएईलाई जित्नुका साथै रनरेटमा पनि पछाडि पार्नुपर्नेछ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro