site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा म्याच फिक्सिङका घटना हुन दिँदैनौँ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन् ।

नक्सालमा सोमबार एनपीएलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव खड्काले एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एकजना अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताए ।

सचिव खड्काले क्यानसँग रहेको एन्टिकरप्सन युनिट पनि मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताए । उनले एन्टिकरप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro