site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१६ अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटसल मंसिर १७ देखि

काठमाडौं । काया कप यू–१६ अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता आउँदो मंसिर १७ गतेदेखि सुरु हुने भएको छ । आयोजक काया स्पोर्ट्सले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा राजधानीका ३२ विद्यालयको सहभागिता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक टोलीले कम्तीमा तीन खेल खेल्न पाउनेछन् ।

प्रतियोगिता काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro