site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
धावक कार्की ललितपुरदेखि जनकपुर दौडदै 

काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौँपटक दौडने भएका छन् । ५४ वर्षीय कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्नेछन् । 

करिब २२५ किलोमिटर दुरी कार्कीले मंसिर २१ गते पूरा गर्नेछन् । गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नेछन् । उनी कार्कीटारकै बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैँले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौडन लागेको कार्कीले जानकारी गराए । कार्की यसअघि काठमाडौंदेखि दोलखा तीनपटक, काठमाडौं–बुटवल एकपटक, काठमाडौंदेखि सिन्धुली तीनपटक र काठमाडौंदेखि उत्तर प्रदेश एकपटक दौडिएका छन् । 

त्यस्तै, उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १०१ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला नै दौडेर पुगेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro