site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समर्थकका कारण एक घण्टाभन्दा बढी रोकिएको खेलबारे भारतले साफमा उजुरी गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । साफ महिला च्याम्पियनअन्तर्गत नेपाल र भारतबीचको खेलमा समर्थकले देखाएको व्यवहारप्रति अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले उजुरी गर्ने भएको छ । 

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएअनुसार समर्थकको कारण खेल करिब ७० मिनेट रोकिएको विषयमा एआईएफएफले साफमा उजुरी गर्ने भएको हो ।

“एआईएफएले काठमाडौं, नेपालमा २०२४ अक्टोबर २७, आइतबार भएको साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमीफाइनलको दौरानका भएको घटनामा ध्यान दिएको छ । एआईएफएफले घटनाहरूको बारेमा साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यस विषयलाई उठाउनेछ । भारतको यू–१९ महिला टोलीले हालैको साफ प्रतियोगितामा (गत फेब्रुअरीमा बंगलादेशमा) लगभग समान स्थिति भोगेको थियो, र एआईएफएफले यस प्रकारका घटनाहरू क्षेत्रको फुटबलको विकासका लागि राम्रो नभएको महसुस गरेको छ,” एआईएफएफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

आइतबार भएको च्याम्पियनसिपको सेमिफाइनल खेल समर्थकको व्यवहारका कारण करिब डेढ घण्टा रोकिएको थियो । सेमिफाइनलको दोस्रो हाफमा भुटानी रेफ्री ओम चोकीले नेपालको गोललाई मान्यता नदिएपछि समर्थकले आक्रोशमा बोतल प्रहार गर्दा खेल करिब डेढ घण्टा रोकिएको थियो । खेलभर नेपाली समर्थक रेफ्रीको निर्णयप्रति आक्रोशित बनेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro