site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अवरुद्ध भएको एक घण्टामा पनि सुरु हुन सकेन खेल (तस्बिरसहित)

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टा नाघ्दा पनि सुरु हुन सकेको छैन ।

नेपालको 'बराबरी गोल'ले मान्यता नपाएपछि खेल ७१औँ मिनेटमा अवरुद्ध भएको थियो । अहिले १३०औँ मिनेट नाघ्दा पनि खेल सुरु हुन सकेको छैन ।

दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको 'प्ले अन ह्विसिल' बजाएपछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको  'बराबरी गोल' खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको छ । नेपालको प्रीति राईले गोल गरेकी थिइन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।

रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू

NepalvsIndia-(7)-1730042027.jpg

NepalvsIndia-(5)-1730042026.jpg

NepalvsIndia-(6)-1730042026.jpg

NepalvsIndia-(3)-1730042025.jpg

NepalvsIndia-(4)-1730042025.jpg

NepalvsIndia-(2)-1730042024.jpg

NepalvsIndia-(9)-1730042022.jpg

NepalvsIndia-(9)-1730042022.jpg

NepalvsIndia-(8)-1730042022.jpg

NepalvsIndia-(1)-1730042023.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro