site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने
फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेस्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन् ।

"आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ," घिमिरेले भनेका छन्, "तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौँ ।" 

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । 

कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रूपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो । उनी हालसम्म टेस्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग (एनपीएल)मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् ।

उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् ।  टी२० मात्रै १६९ खेलेका छन् । उनले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यू गरेका थिए । 

कर्णाली याक्सले अक्सनबाट टोलीको 'ए' श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

एनपीएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro