site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेस्ट क्रिकेटमा ३६ वर्षपछि भारतीय भूमीमा न्युजिल्यान्डको जित 

काठमाडौं । तीन खेलको टेस्ट शृंखलाका निम्ति भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो खेलमा घरेलु टिमविरुद्ध आठ विकेटको जित निकालेको छ । 

भारतको बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा न्युजिल्यान्डले जितका लागि १०७ रनको सामान्य लक्ष्य पाएको थियो । जसलाई पाहुना टिमले पाँचौं दिनको लञ्चअघि नै दुई विकेट गुमाएर पूरा गर्यो । भारतीय भूमीमा न्युजिल्यान्डले ३६ वर्षपछि टेस्ट क्रिकेटमा जित निकालेको हो । 

यसअघि पछिल्लोपटक न्युजिल्यान्डले सन् १९८८ मा भारतमा घरेलु टिमलाई पराजित गरेको थियो । जितसँगै न्युजिल्यान्डले शृंखलामा १–० को अग्रता बनाएको छ । 

खेलको पहिलो इनिङमा भारत ४६ रनमै समेटिएको थियो । पहिलो इनिङमा न्युजिल्यान्डले ४०२ रन बनाउँदै ३५६ रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा भारतले ४६२ रन बनाएपछि न्युजिल्यान्डले जितका निम्ति १०७ रनको लक्ष्य पाएको थियो । 

जसलाई पाहुना टिमले पाँचौं दिन दुई विकेट गुमाएर पूरा गर्यो । यी दुई टिमबीचको दोस्रो टेस्ट पुनेमा अक्टोबर २४ देखि सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro