site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अमेरिकाविरुद्धको शृंखला अन्तिम खेलअगावै नेपाललाई, सुपरओभरमा नेपालको जित 

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले घरेलु टोलीलाई सुपरओभरमा पराजित गरेको छ । 

आइतबार ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । 

जसमा नेपालले सहजै जित दर्ता गरेको हो । सुपरओभरमा अमेरिकाले दिएको तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको शृंखला अन्तिम खेलअगावै जितेको छ । 

दोस्रो खेलमा जितसँगै नेपालले शृंखलामा २–० को अग्रता बनाएको हो ।

त्यसअघि अमेरिकाका आन्द्रेस गौफले सर्वाधिक ६२ रन बनाएका थिए । उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । साहितेजा मुकमल्लले ४७, मिलिन्ड कुमारले १५ र सयान जहाँगिरले १४ रन बनाए । 

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । 

नेपालका कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै अविजित ९२ रन बनाएका थिए । उनले ५४ बलमा सात चौका र ६ छक्का प्रहार गरे ‌। 

यस्तै ओपनर अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहितकुमार पौडेलले १८ रन थपे ।

अमेरिकाका जस्दिप सिंह र नोस्तुस केन्जीगेले समान दुई विकेट लिए । सौरभ नेत्रावाल्करले एक विकेट हात पारे ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro