site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 

खेल नेपाली समयअनुसार साढे ५ बजे सुरु हुनेछ । 

हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् । 

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।  समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । 

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro