site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जर्मनीको जितमा लेवेलिङ निर्णायक

काठमाडौं । जामी लेवेलिङको निर्णायक गोलप्रेरित जर्मनीले यूईएफए नेसन्स लिग ‘ए’ मा नेदरल्यान्ड्सविरुद्ध १–० को कठिन जित निकालेको छ ।

सोमबार राति एलियन्ज रंगशालामा करिब ७० हजार दर्शकमाझ भएको खेलमा जर्मनीलाई जित दिलाउन लेवेलिङले गरेको गोल निर्णायक बन्यो । उनले ६४औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकमाझ जर्मनीलाई अग्रतामा राखेका थिए । त्यसअघि दोस्रो मिनेटमा लेवेलिङले नै गोल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई खारेज गरेको थियो ।

जितसँगै चार खेलबाट १० अंक जोडेको जर्मनी समूह–३ को शीर्ष स्थानमा छ । लिगमा जर्मनी हालसम्म अपराजित छ । समान खेलबाट पाँच अंक जोडेको डच टोली तालिकाको दोस्रो स्थानमा छ ।

सोमबार राति नै भएको यही समूहको अर्को खेलमा हंगेरीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २–० को जित निकालेको छ ।

लिगमा चार खेलबाट पाँच अंक जोडेको हंगेरी तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट एक अंक जोडेको बोस्निया तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro