site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
फाइल तस्बिर ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आईसीसीले आज जारी गरेको नयाँ वरीयताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । 

नयाँ वरीयतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको २३० रेटिङ छ भने लिविगंस्टोनको २५३ रहेको छ । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ब्याटिङतर्फ ऐरी विश्व वरीयतामा ४३औँ स्थानमा रहेका छन् । यसअघि उनी ४५औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम वरीयतामा नेपाल १७औँ स्थानमा रहेको छ । 

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त वरीयतामा ८७औँ स्थानमा छन् । रासस

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro