site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओमानसँग खेल्दै नेपाल

काठमाडौं । क्यानडामा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । यो शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम क्यानडासँग १४ रनको हार व्यहोरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय र ट्वान्टी–२० शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले हालसम्म पाँच खेल खेले पनि जित निकाल्न सकेको छैन ।

ट्वान्टी–२० अघि नेपालले लिग–२ को एकदिवसीय शृंखलाका चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो । शृंखलाको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो ।

ट्वान्टी–२० शृंखलामा पनि नेपाल, क्यानडा र ओमान सहभागी छन् । क्यानडाको किङ सिटीमा नेपाल र ओमानबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro