site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको पोस्टमा संकटाको आधा दर्जन गोल
संकटा र सुदूरपश्चिमबीचको खेलको दृश्य । तस्बिर : एन्फा ।

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत शनिबार संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको पहिलो खेलमा संकटाले सुदूरपश्चिम प्रदेशलाई ६–० ले पराजित गर्‍यो । संकटाको जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक/एक गोल गरे ।

जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ । सुदूरपश्चिमको भने यो लगातार सातौँ हार हो ।

पुलिस २–० वालिङ
शनिबार नै भएको दोस्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० ले हरायो । पुलिसका निम्ति दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro