site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते भोलि

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) को आयोजनामा छैटौँ आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब एक सय खेलाडीको सहभागिता रहने आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङले जनाएका छन् । पुरुषमा चार र महिलामा दुई गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि र ५० केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलामा ४० केजीमुनि र ४५ केजीमुनि स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । कुल पुरस्कार राशी एक लाख ३१ हजार रहेको छ ।

एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro