site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पुग्ने विश्वकै पहिलो व्यक्ति बने रोनाल्डो

काठमाडौं । पोर्चुगल फुटबल टिमका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सायदै नचिन्ने कोही होलान् । रोनाल्डोको स्टारडमले उनलाई विश्वभरका खेलाडीभन्दा फरक बनाएको छ । 

रोनाल्डोका विश्वभर नै समर्थक छन् । फलस्वरूव उनलाई विश्वभर एक अर्ब मानिसले सामाजिक सञ्जालमा फलो गरेका छन् । सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्ने रोनाल्डो विश्वकै पहिलो व्यक्ति बन्न सफल भएका छन् ।

रोनाल्डोले सामाजिक सञ्जाल एक्समार्फत आफूले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बटुल्न सफल भएको बताएका छन् ।

त्यसक्रममा उनले भावुक पोस्ट गरेका छन् । रोनाल्डोले लेखेका छन्, "हामीले इतिहास बनायौँ । एक अर्ब फलोअर्स । यो संख्या मात्र होइन, यो हाम्रो साझा जोश, उत्साह र खेल र बाहिरका लागि प्रेमको प्रमाण हो । मडेइराको सडकबाट संसारको सबैभन्दा ठूलो मञ्चसम्म, मैले सधैँ मेरो परिवार र तपाईंका लागि खेलेको छु, अब हामी एक बिलियन सँगै उभिन्छौँ ।"

रोनाल्डोले हालै आफ्नो युट्युब च्यानल पनि खोलेका छन् । उनको युटुब च्यानलमा एक घण्टाभित्रै १० लाख मानिस जोडिएका थिए ।

सामाजिक सञ्जालमा कति छन् रोनाल्डोका फलोअर्स ?

यो समाचार तयार पार्दासम्म रोनाल्डोको फेसबुकमा पेजमा १७० मिलियन फलोअर्स छन् । इन्स्टाग्राममा ६३८ मिलियनले फलो गरेका छन् ।

यस्तै, एक्समा ११३ मिलियन जोडिएका छन् भने रोनाल्डोको युटुब च्यानललाई ६०.५ मिलियनले सब्स्क्राइब गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro