site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वीट्जरल्यान्डविरुद्ध १० खेलाडीमा सीमित स्पेनको रवाफ 

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत पहिलो जित निकाल्ने क्रममा स्पेनले स्वीट्जरल्यान्डलाई ४–१ ले पराजित गरेको छ ।

आइतबार राति स्वीट्जरल्यान्डको स्टेड डे जेनेभमा पाहुना टिमलाई जित दिलाउन फाबियन रुइजले दुई गोल गरे । जोसेलु र फेरान टोरेसले समान एक गोल थपे । घरेलु टिमका जेकी अम्डोउनीले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमै जोसेलुले गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए  त्यसको नौ मिनेटपछि रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । ४१औँ मिनेटमा अम्डोउनीले गोल फर्काउँदै घरेलु टिमलाई २–१ को स्थितिमा ल्याए ।

७७औँ मिनेटमा रुइजले दोस्रो गोल गर्दा स्पेनले अग्रतालाई ३–१ मा पुर्‍यायो । त्यसको तीन मिनेटपछि नै टोरेसले गोल गरेपछि स्पेनले ४–१ को सहज जित निकालेको हो ।

त्यसअघि, खेलको २०औँ मिनेटमा रोविन ले नोमान्र्डलाई रातो कार्ड देखाइएसँगै स्पेन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको स्पेन समूह–४ को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन स्वीस टोली पुछारमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा डेनमार्कले सर्बियालाई २–० ले हरायो । प्रतियोगिताको समूह–४ मै रहेको डेनमार्क लगातार दोस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंकको सर्बिया चौथो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro