site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेटिसविरुद्ध रियालको सहज जित, ला लिगामा एमबाप्पेको ‘डेब्यु’ गोल

काठमाडौं । किलियन एमबाप्पेप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसविरुद्ध २–० को जित निकालेको छ । सोमबार घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलउान दुवै गोल एमबाप्पेले गरे ।

रियालले पहिलो हाफमा बेटिसको रक्षापंक्ति तोड्न संघर्ष गरेको थियो । दुवै गोल रियालले दोस्रो हाफमा गरेको हो ।

६७औँ मिनेटमा एमबाप्पेले रियाललाई अग्रतामा राखेका थिए । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट रियाल मड्रिड आएका एमबाप्पेको यो पहिलो ला लिगा गोल समेत हो । त्यसको आठ मिनेटपछि प्राप्त पेनाल्टीलाई एमबाप्पेले नै सदुपयोग गरेपछि रियालले २–० को जित पक्का गर्‍यो ।

जितसँगै चार खेलबाट आठ अंक जोडेको रियाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियाल शीर्ष स्थानको बार्सिलोनाभन्दा चार अंकले पछाडि छ । तीन खेलबाट दुई अंकको बेटिस १७औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro