site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय फुटबलका महिला र पुरुष खेलाडीको तलब समान ३० हजार रुपैयाँ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्‍याएको छ । 

एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो ।

नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो ।

यस्तै, एन्फाले फिफा ब्याचप्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro