site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अब प्रदेशका क्रिकेट खेलाडीहरूले पनि तलब पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । 

बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।

सबै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिकबापतको रकम प्रदेशहरूमा पठाइने छ । खेलाडीहरूसँग प्रदेश क्रिकेट संघले नै सम्झौता गर्ने छ ।

क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro