site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फाइनल खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलको करिब एक घण्टाअघि आफ्नो पहिलो रोजाई सार्वजनिक गरेका हुन् । प्रशिक्षक श्रेष्ठले सेमिफाइनमला भुटानविरुद्ध प्रतिस्पर्धा गरेको पहिलो रोजाइका खेलाडीमा एकजना परिवर्तन गरेका छन् । भुटानविरुद्ध खेलेका अनिल बम्जनको स्थानमा फाइनलमा लचु थापाले मौका पाएका छन् ।

नेपाली टिम कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ । प्रतियोगिताको समूह चरणमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित निकालेको थियो । समूह ‘ए’का दुवै खेलमा जितसहित विजेता बन्दै सेमिफाइनल आएको नेपालले अन्तिम–४ मा भुटानको चुनौती पन्छाएको थियो । 

यता, समूह ‘ए’ कै उपविजेता बंगलादेशले भने सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा निराश बनाएको थियो ।

नेपालको पहिलो रोजाईः
जियारथ सेख (गोलकिपर), राम थापा, सविन घिमिरे, सिमान्त थापा, अश्विन घोरासैनी, समिर तामाङ, निराजन धामी, कुशल देउवा (कप्तान), निरज कार्की, अभिषेक स्याङतान र लचु थापा ।

playing-11-1724832009.png
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro