site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै 
फाइल तस्बिर ।

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको थियो । 

बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनल यात्रा तय गरेका हुन् । 

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । आज नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro