site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हिमालयन गानादा फुटसल गोल्डकप भदौ तेस्रो साता

काठमाडौं । हिमालयन फुटबल क्लबले हिमालयन गानादा फुटसल गोल्डकप आयोजना गर्ने भएको छ ।

आयोजक हिमालयनले बुधबार पत्रकार सम्मेलनमार्फत नेपालमै पहिलोपटक फुटसल गोल्डकप आयोजना गर्न लागेको जनाएको हो ।

चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगितामा ३२ टिमको सहभागिता हुने आयोजकको अनुमान छ । प्रतियोगिता भदौ २० र २१ गरी दुई दिनसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा सहभागी हुन १२ हजार प्रवेश शुल्क राखिएको छ । प्रतियोगिताको विजेताले दुई लाखसँगै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फेयर प्ले टिमले २० हजार रुपैयाँ पाउँदा उत्कृष्ट खेलाडी र गोलकिपरले समान १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro