site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीप बृज इनटरनेसनलको ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सन्दीप दुई वर्षका लागि बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको एम्बासडर रहनेछन् । बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।

सम्झौतापछि सन्दीपले बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै, उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।

"बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तोखाले सहयोगले  हामी  खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ," लामिछानेले भने ।

यस्तै, बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीपजस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए ।

साथै, उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।

"सन्दीपलाई ब्रान्ड एम्बासडर भएपछि कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुगाउन्छ," गिरीले भने ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro