site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
होन्डा सम्मिलित पारोसँग खेल्दै चर्च ब्वाइज

काठमाडौं । एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटमा आज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीविरुद्ध खेल्दै छ ।

भुटानको लिग च्याम्पियन पारो एफसी चर्च ब्वाइजविरुद्ध जापानी स्टार केसुके होन्डासहित मैदानमा उत्रिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

यो खेलका निम्ति चर्च ब्वाइज बालगोपाल महर्जनको प्रशिक्षणमा छ । सहायक प्रशिक्षकमा रमेश दंगाल र टिम व्यवस्थापकमा अशोक थापा छन् । खेलका निम्ति चर्च ब्वाइजले रंगशालाको साधारण प्यारापिटको प्रतिटिकट मूल्य २०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro