site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई एक–एक लाख नगदसहित सम्मान

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । 

महानगरले बिहीबार नेपाली टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बाह्रखरीलाई बताए । “काठमाडौं महानगरपालिकाले नेपाली महिला टिमको सम्मान गर्दै टिमका सबै सदस्यलाई समान एक लाख रुपैयाँ दिएको छ । महानगरले बिहीबार टिमका सबै सदस्यलाई एक लाखको चेक हस्तान्तरण गरिसकेको छ,” संघका महासचिव श्रेष्ठले भने । 

नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकाले पनि फाइनलमा भने नेपाली टिमले त्यसलाई कायम राख्न सकेन । 

साउन १७ गतदेखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसँगै इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro