site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इरानविरुद्ध सोझो सेटमा जित निकाल्ने नेपालको लक्ष्य

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा आज इरानविरुद्ध मैदानमा उत्रँदा नेपाली टिम जितसहित फाइनलको लक्ष्यमा हुनेछ । लिग चरणमा नौ अंकसहित दोस्रो स्थान हासिल गरेपछि नेपालले इरानलाई सेमिफाइनल प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

राष्ट्रिय खेलुकद परिषद् (राखेप) परिसरस्थित कभर्डहलमा यो खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ ।

लिग चरणमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्दा इरानसँग नै पराजित भएको थियो । इरानले नेपाललाई घरेलु समर्थकमाझ ३–२ को सेटमा स्तब्ध बनाएको थियो ।

“इरानसँग हामीले आठ वर्षपछि खेलिरहेका थियौँ । त्यही भएर उनीहरूको खेल्ने रणनीतिबारे खासै जानकारी थिएन । तर, सेमिफाइनलमा पुनः इरान नै प्रतिद्वन्द्वी पाएका छौँ । यसमा सोझो सेटमा जितसहित फाइनल पुग्ने लक्ष्यमा छौँ,” सेमिफाइनलअघि नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले भने ।

नेपाली टिमकी कप्तान अरुणा शाहीले पहिलो खेलमा डिफेन्समा कमजोरी देखिएकाले सेमिफाइनलमा त्यसलाई सुधार्नुपर्ने बताइन् । “इरानसँग लिग चरणका खेलमा डिफेन्समा राम्रो गर्न सकेनौँ । सेमिफाइनलमा त्यसलाई सुधार गर्नुपर्ने देखिएको छ । यस प्रतियोगितामा हाम्रो अन्तिम लक्ष्य गोल्ड नै हो,” कप्तान अरुणाले भनिन् ।

लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले भारतविरुद्ध ३–२ सेटको ऐतिहासिक जित निकालेको थियो । तेस्रो खेलमा भने नेपालले इरानसँग हार व्यहोर्‍यो । चौथो खेलमा माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमै विजयी भएपछि नेपालले लिग चरणको तेस्रो स्थान निश्चित गरेको हो ।

आजै हुने पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । भारत र श्रीलंकाबीचको सेमिफाइनल उक्त कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro