site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत शीर्ष स्थानमा 
फाइल तस्बिर ।

काठमाडौं । श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै भारतले काभा महिला भलिबल नेसन्स लिगको समूह चरणमा शीर्ष स्थान पक्का गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट २५–१३ ले सहजै जितेको थियो । दोस्रो र तेस्रो सेटमा श्रीलंकाले सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । दोस्रो सेटमा भारतले श्रीलंकालाई २५–२१ र तेस्रो सेटमा २५–२० ले पराजित गर्‍यो ।

जितसँगै चार खेलबाट १० अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंकको श्रीलंका चौथो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा इरान र तेस्रोमा नेपाल छ ।

प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro