site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काभा महिला भलिबलमा श्रीलंकाको पहिलो जित
नेपाली टिमसँग प्रतिस्पर्धाका क्रममा श्रीलंकाका खेलाडी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगमा श्रीलंकाले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरस्थित कभर्डहलमा आइतबार श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

पहिलो सेटमा माल्दिभ्सले राम्रो प्रदर्शन गर्दै २२ अंक जोडेको थियो । माल्दिभ्सले सेट भने जित्न सकेन । पहिलो सेट श्रीलंकाले २५–२२ ले जित्यो । दोस्रो र तेस्रो सेटमा श्रीलंकाले माल्दिभ्सको चुनौती सहजै पन्छायो ।

श्रीलंकाले दोस्रो सेट २५–१२ ले जित्यो । तेस्रो सेटमा २५–१६ को जित निकालेसँगै श्रीलंका विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंका यसअघि नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा इरानसँग श्रीलंकाले ३–२ को सेटमा हार व्यहोरेको थियो । अब श्रीलंकाले लिग चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

यही साउन १७ गतेदेखि सुरु प्रतियोगितामा पाँच टिमको सहभागिता छ । प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा नेपालले इरानको सामना गर्दै छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro