site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जमिनभन्दा ३५० मिटरमाथि रंगशाला बनाउने साउदी अरेबियाको योजना

काठमाडौं । साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजनाका निम्ति जमिनभन्दा ३५० मिटरमाथि रहने एक रंगशालासहित कुल ११ रंगशाला बनाउने योजना अघि सारेको छ ।

नेओममा बनाउने प्रस्ताव गरिएको उक्त रंगशालामा उच्च गतिका लिफ्ट र चालकरहित सवारीसाधनबाट पुग्न सकिने जनाइएको छ । साउदी अरेबियाको ‘द लाइन’ प्रोजेक्टअन्तर्गत बन्न लागेको यो रंगशालामा क्वार्टरफाइनलका खेल हुन्छ । साउदी अरेबियाले हाल मुलुकको अर्थतन्त्र तेल उत्पादनको निर्भरताबाट हटाउन ‘द लाइन’ प्रोजेक्ट अघि सारेको छ ।

योजनामा रहेका ११ रंगशालामध्ये आठ रंगशाला साउदीको राजधानी रियादमा निर्माण हुनेछ । जसमा विश्वकपको उद्घाटन र समापन समारोह हुने किंग सलमान अन्तर्राष्ट्रिय रंगशाला पनि सामेल छ । यो रंगशालाको दर्शक क्षमता ९२ हजार ७६० रहेको छ ।

२०३४ को विश्वकपको आयोजनाका लागि साउदी एकमात्र प्रस्तावक भए पनि हालसम्म यसले आधिकारिकता भने पाइसकेको छैन । आगामी डिसेम्बर ११ बस्ने फिफाको बैठकले २०३४ आयोजकको निर्णय गर्ने तय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro