site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जापान शीर्ष स्थानमै, चीन दोस्रो स्थानमा उक्लियो 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को पाँचौं दिन पनि पदक तालिकाको शीर्ष स्थानमा जापान यथावत् छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बुधबारका खेल जारी रहँदा जापान सात स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ । कुल १३ पदक जितेको जापानले दुई रजत र चार काश्य जितेको छ । 

पदक तालिकाको दोस्रो स्थानमा चीन उक्लिएको छ । चीनले बुधबार बिहानसम्म ६ स्वर्ण, ६ रजत र दुई काश्यसहित कुल १४ पदक जितेको छ । 

तेस्रो स्थानको अस्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक काश्यसहित ११ पदक जितेको छ । तालिकाको चौथो स्थानमा फ्रान्स छ । फ्रान्सले पाँच स्वर्ण, नौ रजन र चार काश्यसहित १८ पदक जितेको छ । 

पाँचौं स्थानको दक्षिण कोरियाले पाँच स्वर्ण, तीन रजत र तीन काश्यसहित ११ पदक जितेको छ । 

छैटौँ स्थानमा रहेको अमेरिकाले चार स्वर्ण, ११ रजत र ११ काश्यसहित २६ पदक जितेको छ । 

सातौँ स्थानको ब्रिटेनले चार स्वर्ण, पाँच रजत र तीन काश्यसहित १२ पदक जितेको छ । 

आठौँ स्थानमा इटाली छ । इटालीले तीन स्वर्ण, चार रजत र चार काश्यसहित ११ पदक जितेको छ । 

प्रतियोगिताको पाँचौ दिनसम्म २१ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, २० टिमले रजत र ३१ देशले काश्य जितेका छन् ।

452564295_1187354602387475_7968730661157354892_n-1722405466.jpg
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro