site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतलाई हराउँदै श्रीलंका पहिलोपटक बन्यो महिला एसिया कप च्याम्पियन

काठमाडौं । फाइनलमा भारतविरुद्ध आठ विकेटको जित निकाल्दै श्रीलंका पहिलोपटक एसीसी महिला एसिया कप च्याम्पियन बनेको छ ।

आइतबार दमुल्लामा भएको खेलमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य घरेलु टिम श्रीलंकाले१८.४ ओभरमा पूरा गर्दै पहिलोपटक महिला एसिया कपको उपाधि जितेको हो ।

श्रीलंकालाई जित दिलाउन हर्षितासमराविक्रमाले ६९ रन बनाइन् । ७–१ को अवस्थाबाट समरविक्रमाल कप्तान चमिराअटापथ्थुसँग ८७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ सम्हालेका थिए । कप्तान अटापथ्थुले ४३ बलमा नौ चौका र दुई छक्कासहित ६१ रन बनाइन् । कविशादिलहारीले १६ बलमा एक चौका र दुई छक्कासहित अविजित ३० रन थपिन् ।

भारतबाट दीप्ति शर्माले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।

भारतकी स्मृति मन्दनाले ६० रन बनाइन् । रिचाघोषसले ३०, जेमिमाह रोड्रिगेजले २९, सफालीवर्माले १६ र कप्तान हर्मनप्रित कौरले ११ रन थपिन् ।

श्रीलंकाकीकविशादिलहारीले दुई विकेट लिइन् । उडेशिकाप्रोबोधानीचमिराअटापथ्थुले समान एक विकेट लिए ।

महिला एसिया कपको इतिहासमा प्रतियोगिताको सबैभन्दा सफल टिम भारतले सातपटक उपाधि जितेको छ । यस्तै, बंगलादेश एकपटक च्याम्पियन बनेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro