site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक : सुस्मिता ४२औँ स्थानमा

काठमाडौं । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक–२०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२औँ स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थान हासिल गरेकी हुन् । शरणार्थी टोलीकी लुना सोलोमन४३औँ भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् ।

पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा६०७.८अंक जोडिन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७, चौथोमा ९९.९, पाँचौँमा १०२.२ र छैटौँमा ९८.२अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।

यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा६१९.१अंकको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित आठ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नोर्वेकी हेग जिनेट, स्विट्जरल्यान्डकी एन्ड्रीगोमियट, चीनकी युटिङहुवाङ, भारतकी रमिता, काजाकिस्तानकीएलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेनमाडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल सोमबार हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro