site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पदक तालिकामा अस्ट्रेलिया अघि, पछ्याउँदै चीन र अमेरिका 

काठमाडौं । फ्रान्समा जारी पेरिस ओलम्पिक–२०२४ को दोस्रो दिन आइपुग्दा पदक तालिकामा अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा दोस्रो दिनका खेलहरू जारी रहँदा तीन स्वर्ण पदकसहित अस्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ । 

अस्ट्रेलियाले दुई रजतसहित कुल पाँच पदक जितेको छ । तालिकामा अस्ट्रेलियालाई चीन र अमेरिकाले पछ्याइरहेको छन् । 

पदक तालिकाको दोस्रो स्थानमा रहेको चीनले दुई स्वर्ण र एक कास्यसहित कुल तीन पदक जितेको छ । तेस्रो स्थानको अमेरिकाले एक स्वर्ण, दुई रजत र दुई कास्यसहित पाँच पदक जितेको छ । यो सूचीको चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा दक्षिण कोरिया छन् । फ्रान्सले एक स्वर्ण, दुई रजत र एक कास्यसहित चारपदक जित्दा दक्षिण कोरियाले पनि एक स्वर्ण, एक रजत र एक कास्यसहित तीन पदक जितेको छ । 

आइतबारसम्म कुल नौ टिमले स्वर्ण जितेका छन् । जसमा बेल्जियम, जापान, काजाखस्तान, जर्मनी र हङकङ छन् । यस्तै, १६ देशले रजत र २० देशलले कास्य पदक जितेका छन् । पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । 

ओलम्पिक प्रत्येक चार वर्षको अन्तरालमा आयोजना गर्ने गरिन्छ । योपटक भने तीन वर्षमा गरिएको हो । ३२औँ संस्करणको टोकियो ओलम्पिक सन् २०२० लाई तय थियो । तर, कोभिड–१९ का कारण २०२१ मा आयोजना गरिएको थियो ।

451680832_1021983662931900_8357349487074605554_n-1722148969.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro