site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालबाट सुटिङकी सुस्मिता र पौडीकी डुवानाले प्रतिस्पर्धा गर्दै 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ मा आज नेपालको तर्फबाट दुई खेलाडीले चुनौती प्रस्तुत गर्दै छन् । प्रतियोगितामा सहभागी भएका कुल सात खेलाडीमध्ये आज नेपालबाट सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले प्रतिस्पर्धा गर्ने तालिका छ । 

सुटिङकी सुस्मिताले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै, पौडीकी डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । सुस्मिताले नेपाली समयअनुसार दिउँसो १ बजे र डुवानाले दिउँसो ३ बजेर ५० मिनेट जाँदादेखि प्रतिस्पर्धामा उत्रिनेछन् । 

प्रतियोगितामा सहभागी सात खेलाडीमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठको चुनौती समाप्त भइसकेको छ । स्यान्टु शनिबार भएको खेलमा सेनेगलका खेलाडीसँग पराजित भएका हुन् । यस्तै, ब्याड्मिन्टनका प्रिन्स दाहाल पनि पहिलो खेलमा पराजित भएका छन् । तर, प्रिन्सको ओलम्पिक यात्रा भने समाप्त भइसकेको छैन । 

यसबाहेक, ओलम्पिकमा नेपालबाट जुडोकी मनिता, एथ्लेटिक्सकी सरस्वती श्रेष्ठ र पौडीकै एलेजेन्डर शाहले प्रतिस्पर्धा गर्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro