site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टिमको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनर्ताजगीकरण गरिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार रुसको महिला भलिबल टिमसँगको भेटका क्रममा उनले दुई देशबीच सोभियत संघ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गरे । खेलका निम्ति रुस एकप्रकारको बादशाह नै भएको उनले बताए ।

दुई देशको भलिबल टिमबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको उनले टिप्पणी गरे । यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केस्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा उनले जोड दिए ।

रुसी महिला भलिबल टिम दुई मैत्रीपूर्ण खेलका निम्ति नेपाल भ्रमणमा आएको हो । रुसी टिमले नेपाली राष्ट्रिय महिला भलिबल टिमसँग आइतबार र सोमबार दुई खेल खेलेको थियो । दुवै खेलमा रुसी टिम सोझो सेटमा विजयी थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro