site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फाले फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलर र सर्वसाधारणका लागि फिजियोथेरापी सेन्टर सञ्चालन गर्ने भएको छ ।

यसका लागि एन्फाले फिजियोथेरापी र पुनर्स्थापन विभाग स्थापना गर्दै राष्ट्रिय महिला टिमकी फिजियो नविना श्रेष्ठलाई जिम्मेवारी दिएको छ । एन्फाका सचिव किरण राईले श्रेष्ठलाई बुधबार जिम्मेवारीको पत्र दिएका हुन् ।

श्रेष्ठले कतारको अस्पेटर अर्थोपेटिक एन्ड स्पोर्ट्स मेडिसिन अस्पतालबाट विशेष प्रशिक्षण लिएकी छन् । उनीसँग पछिल्लो एक दशकयता देशका विभिन्न क्लब र राष्ट्रिय टिमको फिजियोको रूपमा काम गरेको अनुभव छ । 

ANFA-Phy-1721227878.png
 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चालन हुने विभागले फुटबलर र सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।

विभागले राष्ट्रिय पुरुष, महिला र उमेर समूहका खेलाडीलाई निःशुल्क सेवा दिने छ । यस्तै, क्लबस्तरीय खेलाडीहरूले छुटमा सेवा पाउनेछन् । सर्वसाधारणलाई भने किफायती मूल्यमा सेवा उपलब्ध गराउने एन्फाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro