site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पे बर्नबेउमा सार्वजनिक 

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले युवा फरवार्ड किलियन एमबाप्पेलाई सान्टियागो बर्नबेउमा सार्वजनिक गरेको छ । रियालले मंगलबार भरिभराउ समर्थकमाझ एमबाप्पेलाई बर्नबेउमा सार्वजनिक गरेको हो । 

एमबाप्पेलाई एक महिनाअघि रियालले भित्र्याएको थियो । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको सम्झौता समाप्त भएपछि एमाबप्पेले रियालसँग सम्झौता गरेका हुन् । २५ वर्षीय एमबाप्पे २५६ गोलसहित पीएसजीका उच्च गोलकर्ता समेत हुन् ।

“यो विश्वकै सबैभन्दा ठूलो क्लब हो । म जित्न चाहन्छु । म यो क्लबको इतिहासको भाग बन्न चाहन्छु,” बर्नबेउमा सार्वजनिक भएपछि एमबाप्पेले भने, “मैले मेरो आमा रोएको देखिरहेको छु । यो मेरो लागि असाधारण दिन हो । यहाँ हुन पाउनु मेरो लागि अद्भुत अनुभव हो । मैले वर्र्षौदेखि रियाल मड्रिडको सपना देखिरहेको थिए । अहिले यो वास्तविकता बनेको छ ।” 

एमबाप्पेले रियालबाट ९ नम्बर जर्सी लगाउनेछन् । एमबाप्पेले पीएसजीमा ६ वर्ष बिताउँदा कुल १७ उपाधि जिते । उनले पीएसजीबाट ६ लिग वान, चार फ्रेन्च कप, पाँच फ्रेन्च सुपर कप र दुई लिग कपको उपाधि जितेका छन् । एमबाप्पे मोनाकोबाट सन् २०१८ मा पीएसजी अनुबन्धित भएका थिए । त्यसअघि उनले एक सिजन लोनमा पीएसजीबाट खेलेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro