site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय फुटबलबाट मुलरले लिए सन्न्यास 

काठमाडौं । जर्मनीका मिडफिल्डर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । मुलरले सोमबार सामाजिक सञ्जालमार्फत १४ वर्षीय अन्तर्राष्ट्रिय करिअरको अन्त्य गरेको घोषणा गरेका हुन् । 

३४ वर्षीय मुलरलाई समेटेको जर्मनी युरो–२०२४ को क्वार्टरफाइनलबाट बाहिरिएको थियो । प्रतियोगिताको आयोजक भए पनि जर्मनी अन्तिम–८ को खेलमा स्पेनसँग पराजित भएपछि बाहिरिएको हो । उक्त खेलमा मुलर ८०औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । 

जर्मनीले सन् २०१४ को विश्वकप जित्दा मुलर टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले जर्मनीबाट १३१ क्याप जित्दा ४५ गोल गरेका छन् । उनले सन् २०१० को विश्वकपमा गोल्डेन बुट र उत्कृष्ट युवा खेलाडीको अवार्डसमेत जितेका थिए । 

“यसले मलाई सधैँ गौरवान्वित गराउँछ । हामीले एकसाथ उत्सव मनायौँ र कहिलेकाँही सँगै आँशु पनि बगायौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दा यतिसम्मको कहिल्यै सोचेको थिइन् । म वर्षैसम्म सहयोग र साथ दिनुहुने सहकर्मी र समर्थकहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro