site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका : फाइनल हिंसारहित हुने अर्जेन्टिनी प्रशिक्षक स्कालोनीको विश्वास

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सोमबार बिहान हुने कोपा अमेरिका फाइनल हिंसारहित हुने विश्वास व्यक्त गरेका छन् । यसअघि प्रतियोगिताको अन्तिम–४ अन्तर्गत उरुग्वे र कोलम्बियाबिचको खेलमा समर्थक र खेलाडीबिच हात हालाहालको स्थिति बनेको थियो ।

नर्थ क्यारोलिनमा भएको उक्त खेल कोलम्बियाले १–० ले जितेपछि उरुग्वेका खेलाडी प्याटापिटमा उक्लिएर विपक्षी टिमका खेलाडीसँग झगडा गरेका थिए ।

साविक विजेता अर्जेन्टिनाले सोमबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे उपाधिका लागि कोलम्बियासँग खेल्ने तालिका छ । स्कालोनीले फाइनलमा समर्थकले झगडा नभई ‘उत्सव’ मनाउने आशा व्यक्त गरे ।

“आशा छ समर्थकले उत्सव मनाउने छन् । म मनैदेखि यस्तो होस् भन्ने चाहन्छु । उपाधि जित्नुको खुसीबाहेक, खेलको अन्त्य सबैका लागि उत्साहपूर्ण बनोस् भन्ने चाहना छ,” स्कालोनीले भने, “हामीले खेलाडीलाई उदाहरण प्रस्तुत गर्न आग्रह गर्छौं । तर, यस्ताखाले घटना हुँदा कसैले पनि फरक व्यवहार देखाउन सक्दैनन् । यस्तो फेरि हुँदैन भन्ने आशा छ । त्यसमा कस्को गल्ती छ भन्ने मलाई थाहा छैन । तर, आफ्नो परिवारको सदस्यलाई दंगामाझ देख्नुले हतास बनाउँछ ।”

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro