site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीले क्वार्टरफाइनलमा खेल्ने–नखेल्ने अनिश्चित 

काठमाडौं । कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनल खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीको उपस्थिति अनिश्चित बनेको छ । 

अर्जेन्टिनाले प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार बिहान इक्वेडरविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । तर, समूह चरणको दोस्रो खेलमा ह्यामस्ट्रिक चोट बोकेका मेसीको क्वार्टरफाइनल उपस्थिति अन्योल बनेको हो । उनले चोटकै कारण समूह चरणको अन्तिम खेल गुमाएका थिए ।

मेसी मैदानबाट बाहिर रहे पनि अर्जेन्टिनाले उक्त खेल २–० ले जितेको थियो । सोही चोटका कारण मेसीको क्वार्टरफाइनल खेल्ने सम्भावना अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएका छन् । 

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीबारे अझै शंका रहेको बताए । “हामी अझै केही समय पर्खिनेछौँ र त्यसपछि निर्णय गर्नेछौँ । हामी मेसी टिमसँगै हुन भन्ने चाहन्छौँ । यदि उनी भएनन् भने हामी टिमलाई आवश्यक अन्य उत्कृष्ट कुरामा ध्यान दिनेछौँ,” स्कालोनीले भने । 

जारी प्रतियोगितामा अर्जेन्टिनाले तीन खेल खेलेको छ । खेलमा मेसीले हालसम्म गोल गर्न सकेका छैनन् ।


 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro