site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका : कोलम्बिया र ब्राजिल अन्तिम ८ मा 

काठमाडौं । समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग १–१ को बराबरीमा रोकिएपछि ब्राजिल समूह उपविजेताको पमा कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान अमेरिकाको लेभिस रंगशालामा भएको खेलमा ब्राजिलले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । खेलको १२औँ मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ड्यानियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलका फर्काएका थिए । यसपछि थप गोल हुन नसक्दा दुवै टिमले समान एक अंक बाँडेका हुन् ।

कोलम्बिया समूह ‘डी’को विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । तालिकाको शीर्ष स्थानमा आसिन कोलम्बियाले तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट पाँच अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ ।

यो समूहबाट कोस्टारिका र पराग्वे बाहिरिएका छन् । 

बुधबार नै भएको खेलमा पराग्वेविरुद्ध २–१ को जित निकाले पनि कोस्टारिका चार अंकसहित तालिकाको तेस्रो स्थानमा सीमित बन्यो । तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको पराग्वे भने अंकविहीन रह्यो ।

कोलम्बियाले अब सेमिफाइनल प्रवेशका लागि पानामासँग खेल्नेछ । पानामा समूह ‘सी’को उपविजेताको रुपमा क्वार्टरफाइनल पुगेको हो । 

ब्राजिलले अन्तिम–८ मा उरुग्वेलाई प्रतिद्वन्दी पाएको छ । उरुग्वेले समूह ‘सी’को विजेता बन्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro