site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका : मेक्सिको बाहिरियो, भेनेजुयला र इक्वेडर क्वार्टरफाइनलमा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएपछि मेक्सिको कोपा अमेरिका–२०२४ को समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार बिहान फोनेक्स विश्वविद्यालयको रंगशालामा भएको खेलमा मेक्सिको रोकिँदा चार अंकसहित समूह ‘बी’को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । समान अंक रहे पनि गोलआधारमा मेक्सिकोलाई पछि पार्दै इक्वेडर समूह उपविजेताका रूपमा क्वार्टरफाइनमा प्रवेश गर्‍यो ।

सोमबारै बिहान भएको यसै समूहको अर्को खेलमा जमैकाविरुद्ध ३–० को सहज जित निकाल्दै भेनेजुएलाले शीर्ष स्थान हासिल गर्‍यो । समूहमा अपराजित भेनेजुएलाले तीन खेलबाट नौ अंक जोडेको छ । समान खेलबाट चार अंकका इक्वेडर दोस्रो र मेक्सिको तेस्रो र अंकविहीन जमैका पुछारमा रह्यो ।

प्रतियोगिताको क्वार्टरफाइनलमा अब भेनेजुएलाले समूह ‘ए’को उपविजेता क्यानडासँग खेल्नेछ । इक्वेडरले समूह ‘ए’को विजेता अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro